‘ओली, देउवा र प्रचण्ड नै अहिलेका मुल समस्या, अब बिदा गरौँ’ [भिडियोसहित]

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस, एमाले र माओवादीले नेतृत्व फेर्न ढिला गर्न नहुनेमा जोड दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै १० वर्षदेखि तीन दलका तीन नेताले आलोपालो सत्ता चलाउनु नै आम निराशाको कारण बनेको आरोप लगाए । तीनहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका कारण नै अहिलेको समस्या सिर्जना भएको भन्दै तीनै दलले नेतृत्व फेर्न ढिला गर्न नहुने बताए ।

‘यहाँ पार्टीको कुरा पनि थिएन । ओली, प्रचण्ड र देउवा एक अर्काबिचको म्युजिकल चेयर घुमिरहेको यथार्थ यहि थियो र १० वर्ष यसैगरी बितेको थियो । आजको दिनको मेजर कारण भनेको सुरु भनेको यही हो । अझै पनि तपाईँहरुले चेत्नु हुन्न ? अझै पनि उहाँहरुले बिदा लिनुपर्दैन ? अझै पनि तपाईँहरुले उहाँहरुलाई हटाउनु पर्दैन ?,’ उनले प्रश्न गरे ।

त्यस्तै अहिलेको परिस्थितिलाई हरेक दलले संवाद गरेर समाधान गर्न सकिने बताए । साथै नेतृत्व परिवर्तन हुने बित्तिकै सबै एकै रातमा परिवर्तन नहुने भन्दै औचित्य सकिएमा आफूहरु पनि विश्राम लिन तयार रहेको बताए ।

जेनजी आन्दोलनका क्रममा सभापति देउवामाथि आक्रमण हुँदा कुनै संवेदना नदेखाएको भन्दै उनको आलोचना भएको थियो । त्यसप्रति खण्डन गर्दै महामन्त्री थापाले आफूले भदौ २५ गतेकै दिन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सम्पर्क गरेको बताए ।

महामन्त्री थापाले जेजनी अगुवाहरुलाई सुझबुझ पुर्‍याएर आगामी बाटो तय गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?