काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ओमानको अल अमारेत ग्राण्ड मैदानमा हुने यो खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ ।
नेपालले समूह चरणमा जापानविरुद्ध खेलेको टोलीमै विश्वास कायम राखेको छ। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन ।
सुपर सिक्सको यो खेल नेपालका लागि महत्त्वपूर्ण मानिएको छ । किनभने जितसँगै विश्वकपको ढोका अझै नजिक ल्याउने अवसर हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया