काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने केही सामानमा १०० प्रतिशत नयाँ कर लगाउने चेतावनी दिएका छन् । यसको जवाफमा चीनले अमेरिकाले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ ।
ट्रम्पले चीनले ‘दुर्लभ पृथ्वी खनिज’ को निर्यातमा कडाइ गरेको भन्दै नयाँ कर र केही महत्त्वपूर्ण सफ्टवेयरमा नियन्त्रण लगाउने घोषणा गरेका हुन् । उनले चीनका राष्ट्रपति सी जिनपिङसँगको बैठक पनि रद्द गर्ने धम्की दिएका छन् ।
चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको कर धमकीलाई ‘गलत व्यवहार’ भनेर कडा प्रतिक्रिया दिएको छ । चीनले भनेको छ, ‘उच्च करको धम्की दिनु सही तरिका होइन।’
अहिले अमेरिकाले चीनका सामानमा ३० प्रतिशत कर लगाइरहेको छ भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ ।
दुर्लभ पृथ्वी खनिजहरू स्मार्टफोन, विद्युतीय सवारी, सैन्य उपकरण र नवीकरणीय ऊर्जा प्रविधिमा धेरै महत्त्वपूर्ण छन् । चीनले यी खनिजमा विश्व बजारमा प्रभुत्व राखेको छ ।
पछिल्ला घटनाक्रमले अमेरिका र चीनबिचको व्यापार तनाव फेरि बढाएको छ । चीनले अमेरिकामा उत्पादन भएका जहाजमा विशेष शुल्क लगाउने निर्णय पनि गरेको छ । यसलाई अमेरिकी करको प्रतिकारको रूपमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया