काठमाडौं । नेपाली फुटबलमा पछिल्ला वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध आइतबार सरोकारवालाहरूले एन्फा मुख्यालयअगाडि धर्ना दिएका छन् ।
आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म उनीहरूले अखिल नेपाल फुटबल संघ ९एन्फा०को मुख्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
धर्नाका क्रममा सहभागीहरूले ‘एन्फा फुटबल एशोसिएशन कि कन्सलटेन्सी ?’, ‘विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?’, ‘नो गेम, नो फेम, एन्फाज टु ब्लेम’, ‘घरेलु लिग चलाउ, फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल, ‘फुटबल क्यालेन्डरमा होइन, ग्राउण्डमा चाहियो’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
फुटबलमा पछिल्लो समय देखिएको नेतृत्व विवाद, आर्थिक पारदर्शिताको अभाव र लिग सञ्चालनमा ढिलाइका कारण असन्तुष्टि चुलिएको हो । हालै धुलिखेलमा सम्पन्न एन्फाको साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि केही क्लबहरूले आर्थिक अनियमितताको आरोपसमेत लगाएका थिए ।
एन्फाले २०८२ आर्थिक वर्षमा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको दाबी गरेको छ । तर उक्त रकमको विस्तृत विवरण सार्वजनिक नगरिएको भन्दै क्लबहरूले आपत्ति जनाएका छन् ।
त्यस्तै, खेलाडीहरूको तलब र सुविधासम्बन्धी विषयमा पनि विवाद जारी छ । गत सिजनमा केही क्लबहरूले खेलाडीहरूलाई समयमै पारिश्रमिक नदिएको गुनासो आएका थिए ।
फुटबल विश्लेषकहरूले यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा नकारात्मक असर परेको बताएका छन् । उनीहरूको भनाइमा, फुटबल सुधारका लागि पारदर्शिता, समयमै लिग सञ्चालन र एन्फा नेतृत्वको जबाफदेहिताको अभाव अन्त्य गर्नु जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया