काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई गाजामा युद्ध विराम सम्बन्धी प्रतिज्ञा तोड्नबाट रोक्न आवश्यक रहेको बताएका छन् ।
इजरायल र हमासबीच इजिप्टमा हस्ताक्षर गरिएको युद्ध विराम सम्झौताको स्वागत गर्दै एर्दोगानले यसलाई गाजामा दिगो शान्तिको दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
कालो सागर प्रान्त राइजमा नयाँ परियोजनाहरूको उद्घाटन समारोहमा बोल्दै उनले सम्झौताबाट गाजामा रक्तपात अन्त्य हुने अपेक्षा व्यक्त गरे । ‘अब रक्तपात नहोस्, युद्ध विरामको कार्यान्वयन सुनिश्चित गरियोस्,’एर्दोगानले भने ।
उनले टर्कीले सम्झौताको कार्यान्वयन प्रक्रियामा सक्रिय रूपमा योगदान गर्ने बताउँदै सबै पक्षले प्रतिबद्धता पालन गर्नुपर्नेमा जोड दिए ।
एर्दोगानका अनुसार, कठिन परिस्थितिमा भएको यो सम्झौता क्षेत्रीय स्थायित्व र मानवताको दृष्टिले अत्यन्तै सकारात्मक कदम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया