पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका पहिलो दुई महिनामा ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सारले संकलन गरेको कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त भएको छ ।
कार्यालयका अनुसार पाँच थरिका पेट्रोलियम पदार्थ आयातका लागि २६ अर्ब ३३ करोड रुपैयाँ खर्च गरिएको छ । सो आयातबाट मात्र ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको हो, जसले कुल राजस्वको २८ दशमलव ५६ प्रतिशत हिस्सा ओगटेको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान प्रमुख रहेको छ । ‘यहाँको भन्सार आयातमा निर्भर छ, जसमा पेट्रोलियम पदार्थ र सवारीसाधन मुख्य योगदानकर्ताका रूपमा रहेका छन्,’उनले बताए ।
त्यस्तै, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ६ अर्ब १४ करोड रुपैयाँ अर्थात् १५ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ । फलाम तथा फलामबाट बनेका सामग्रीबाट २ अर्ब ५४ करोड ९६ दशमलव ४९ प्रतिशत र सबै प्रकारका कपडाबाट १ अर्ब ९८ करोड ९५ दशमलव ०६ प्रतिशत राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ ।
भन्सार प्रशासक ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारले आगामी महिनाहरूमा पनि राजस्व संकलन लक्ष्यमा सकारात्मक परिणाम ल्याउने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया