आईसीसी टी-२० विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल र युएई भिड्दै

लोकपथ
427
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणअन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एक-अर्कासँग भिड्दै छन् ।

नेपालले सुपर सिक्सको पहिलो खेल अन्तर्गत आज आइतबार दिउँसो ४ः१५ बजे युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।

सुपर सिक्समा नेपालले युएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी वर्ष हुने टी-२० विश्वकपका लागि छनोट हुने छन् ।

नेपालले समूह चरणमा बलियो प्रदर्शन गर्दै ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन देखाएको छ । आजको खेलमा पनि नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?