महत र तामाङबीच रोचक भिडन्त

नुवाकोट, २२ कात्तिक- आगामी १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । नुवाकोट–१ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसको तर्फबाट डा. रामशरण महत र वाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा छराजधानी दैनिकमा खबर छ पटकपटक अर्थमन्त्री भइसकेका डा. महत र दुई पटकसम्म महतबाटै पराजित तामाङबीचको चुनावी भिडन्त यसपटक निकै रोमाञ्चक हुने अनुमान मतदाताको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा डा. महतले १ सय ४ मतान्तरले तामाङलाई पराजित गरेका थिए  महतलाई यसपटक राप्रपा प्रजातान्त्रिकको साथ छ । दोस्रो पटकको संविधानसभा निर्वाचनमा यो मतान्तरलाई डा. महतले बढाएर विजयी भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसहित पटकपटक अर्थमन्त्री भइसकेका डा. महतका लागि यस पटकको चुनाव फलामको चिउरासरह हुने देखिएको छ । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटलाई यसपटक दुईवटा निर्वाचन क्षेत्रमा झारिएको छ नुवाकोट–१ मा हालका शिवपुरी गाउँपालिका, दुप्चेश्वर, पञ्चकन्या, तादी, सूर्यगढी, लिखु र ककनी गाउँपालिका पर्छन् । १ लाख ५ हजार २ सय ८७ जना मतदाता रहेको यो क्षेत्रमा तामाङ र महतसहित १३ जनाको उम्मेदवारी परेको छ एमाले र माओवादीबीच चुनावी तालमेल भएकाले यो क्षेत्रमा एमाले र परिवार दलसहितले माओवादी उम्मेदवार तामाङलाई सघाउनेछ । ‘दुवै पार्टीबीच आन्तरिक रूपमा कुनै समस्या छैन, पार्टी उपाध्यक्षसमेत रहेका क्षेत्र–१ प्रदेश ‘ख’ का उम्मेदवार बद्री मैनाली भन्छन्, ‘वाम गठबन्धनले आफ्नो मत संरक्षण गर्दा चुनाव हाम्रो पक्षमा आउनेछ ।’ यता लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. महतका भतिज एवं प्रदेश–२ ‘ख’का उम्मेदवार रमेश महत पनि नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् ‘यो क्षेत्रको विकासमा डा. महतले गरेको योगदानका कारण नागरिकको विश्वास छ, गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन ।’ स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरूले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा महतको भन्दा तामाङको मत १४ हजार ३ सय १० बढी देखिन्छ । डा. महत लोकतन्त्रको रक्षा र अधिनायकवादको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् डा. महतले विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन् भने तामाङ परिवर्तनलाई संस्थागत गर्दै दिगो विकास, आर्थिक समृद्धि, समानता र स्थिर सरकारका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?