काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दलहरुलाई भाग लिन आह्वान गरेका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद् सदस्यहरुसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै दलको सहभागिता आवश्यक रहेको बताएका हुन् ।
जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले जनप्रतिनिधि चयनको एक मात्र माध्यम निर्वाचन नै हो भन्ने उल्लेख गर्दै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिए ।
‘निर्वाचनमा सबै दलहरू आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, जनताले छाने भने जो तपाईँ नै निर्वाचित हुनुहुन्छ, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिस्पर्धा हुन्छ, सबै आउनुहोस्,’ ढुङ्गानाले भने ।
उनले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिने व्यक्तिहरूको समावेश हुनुपर्ने धारणा पनि व्यक्त गरे ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सरकारबीच आगामी निर्वाचनबारे छलफल भएको थियो । सो छलफलमा दलका तर्फबाट शान्ति, सुरक्षा र उपयुक्त वातावरण सुनिश्चित गर्नुपर्ने सुझाव राखिएको थियो भने सरकारले सबै दलहरुलाई चुनावमा भाग लिन आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया