कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

लोकपथ
203
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौँ।’

राष्ट्रपति पौडेल शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गर्न शीतल निवासमा वार्ता आयोजना गर्ने तयारीमा थिए । तर, वार्ताअघि नै अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको हो ।

राष्ट्रपतिसँग जेनजी प्रतिनिधिहरूको अर्को वार्ता आगामी सोमबारका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?