यथास्थितिमा कांग्रेस जनतामा जान सक्दैन : अर्जुननरसिंह केसी

लोकपथ
812
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस जनतामा जान नसक्ने बताएका छन् । 

शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता केसीले यस्तो बताएका हुन्  । 

उनले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बिचमा कांग्रेस जान नसक्ने जिकिर गरे ।

उनले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ । युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताए  । 

उनले भने, ‘म आफैँ पनि युवाहरूले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ । भोलि पनि केन्द्रीय समितिमा भन्छु । ऊर्जाशील समूहलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्छ । समग्र रूपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बिचमा स्थापित हुन सक्दैनौँ । युवाको धारणा मात्रै होइन पार्टीलाई स्वतत्र र संगठित बनाउनुपर्छ । अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बिचमा जान सक्दैनौँ । यसमा व्यापक परिवर्तन जरुरी छ ।’

उनले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा सम्मानजनक सहभागिता नगराए ठुलो मूल्य चुकाउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?