शशांक कोइरालाले देउवालाई भने : ‘तत्काल कार्यवाहक सभापति तोक्नुस्’

लोकपथ
448
Shares

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय कार्य समिति विघटन गर्न आग्रह गरेका छन् ।

शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको आगामी मंसिरमा हुने नियमित महाधिवेशनका लागि तयारी सुरु गर्न कार्यवाहक सभापति तोक्नुपर्ने सुझाव दिएका हुन् ।

उनका अनुसार, देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्छ ।

कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भनेको छु यो मेरो व्यक्तिगत विचार हो । तपाईँले केन्द्रीय समिति विघटन गर्नुस्, कार्यवाहक सभापति तोक्नुस्, उनले नयाँ समिति बनाएर महाधिवेशनको मिति तय गर्न सक्छन् ।’

उनले मंसिर महिनासम्ममा पार्टीको नियमित महाधिवेशनको मिति टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे ।

कोइरालाका अनुसार अब बन्ने कार्यवाहक सभापतिले नै कांग्रेसको आगामी महाधिवेशनको मिति र तयारीका सबै जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?