झापाको मानवसेवा आश्रममा ५३ वर्षीया आश्रितको मृत्यु

लोकपथ
175
Shares

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मृतक ५३ वर्षीया आश्रेफुल मुस्लिम हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, उनी आश्रममा सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् । असोज २० गते शिवसताक्षी नगरपालिकाले उद्धार गरी उनलाई मानवसेवा आश्रममा पठाएको थियो ।

यो घटनासँगै करिब एक वर्षको अवधिमा मानवसेवा आश्रममा ११ जना आश्रितको मृत्यु भइसकेको छ ।

प्रहरी र आश्रम प्रशासनले मृत्युको कारण बुझ्न आवश्यक कारबाही सुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?