काठमाडौं । इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विविध विषयमा छलफल गर्न २० भन्दा बढी देशका विशेषज्ञ नेपालमा भेला भएका छन् । चार दिनसम्म चल्ने सम्मेलन ‘एपीसिजी २०२५’ यही असोज २१ देखि २४ गतेसम्म आयोजना गरिएको थियो ।
एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित सम्मेलनको अध्यक्ष बाबुराम अर्यालले सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रम भएको र २२ विशेषज्ञ वक्ताहरूले विषयगत प्रस्तुति दिएको जानकारी दिए ।
सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मङ्गोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिङ्गापुर, फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायतका २० भन्दा बढी देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी तथा अनुसन्धानकर्ताहरू सहभागी भएका थिए ।
उपाध्यक्ष वाकास हसनका अनुसार, सम्मेलनमा ३४ फेलोहरूले सहभागिता जनाएका थिए । सहभागीहरूले इन्टरनेटको जिम्मेवार प्रयोग, नियमन र व्यवस्थापन, एआईका अवसर र चुनौती, साइबर सुरक्षा, तथ्याङ्क सुरक्षा, सामाजिक सञ्जाल व्यवस्थापन, भ्रामक सूचना तथा पछाडि परेका समुदायको डिजिटल पहुँच लगायत विषयमा गहन छलफल गरेका थिए ।
पाकिस्तानकी सहभागी मार्यम रसिदले अन्य देशका अभ्यास र अनुभवबाट धेरै सिकाइ भएको अनुभव साझा गरे ।
सम्मेलनको समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया