काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
शनिबार उनी जेनजी प्रतिनिधिहरूसँगको छलफलमा सहभागी भएका थिए । स्वास्थ्य अवस्था अस्वस्थ भएपछि उक्त छलफल दुई दिनका लागि स्थगित गरिएको थियो ।
राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार अस्पताल आइपुगेको करिब दुई घण्टा भइसकेको छ र हाल उनीमाथि प्रारम्भिक परीक्षणहरू सञ्चालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया