रौतहटमा शिक्षक नियुक्ति घुस प्रकरण : प्रधानाध्यापक र बिचौलिया रंगेहात पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । विद्यालयमा शिक्षक नियुक्ति गर्दा साढे चार लाख घुस खाने प्रधानाध्यापक रंगेहात पक्राउ परेका छन् । 

रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो । 

बिचौलिया अरविन्द प्रकाश साहकानु पनि पक्राउ परेका छन् । 

अख्तियारका अनुसार उनीहरूलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका(१३ स्थित अदालत रोडको एक होटेलबाट नियन्त्रणमा लिएको हो ।

प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो । 

उनले बिचौलियामार्फत  ४ लाख  ५० हजार रुपैयाँ  घुसबापत मागेका थिए ।  सेवाग्राहीले उक्त रकम बिचौलिया साहु कानुलाई बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?