राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

लोकपथ
91
Shares

 इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र दीर्घकालीन पुनःनिर्माण रहेको बताएका छन् ।

शनिबार बाढी पहिरो प्रभावित इलामको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ। तत्कालीन राहत तथा दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’

मन्त्री घिसिङ रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली पुगेका थिए । उनले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिए ।

त्यसैगरी उनले राजदुवाली सडक, मिलघुम्ती लगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन पनि गरे। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठुलो जनधनको क्षति भएको भन्दै सरकारले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?