काठमाडौं । राष्ट्रपति भवन शीतल निवास अगाडि शनिबार जेनजी युवाहरूले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नपाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
राष्ट्रपति पौडेलले शनिबार जेनजी युवाहरूसँग छलफलको बैठक बोलाएका थिए । तर, शीतल निवासभित्र प्रवेश नपाएका युवाहरूले वास्तविक जेनजी प्रतिनिधिलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्र प्रवेश दिइएको भन्दै आपत्ति जनाएका हुन् । जेनजी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले भने, जेनजी आन्दोलन सुदन गुरुङ मात्रले नभई समग्र समूहले संचालन गरेको बताए ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन राष्ट्रपति पौडेल सक्रिय भएको बताइएको छ । शुक्रबार राजनीतिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूसँगको छलफलपछि राष्ट्रपति पौडेलले शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल गर्न बोलाएका थिए । तर, उक्त छलफललाई सोमवारसम्मका लागि सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया