हमासको कब्जाबाट विपिन जोशी चाँडै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी

लोकपथ
385
Shares

 काठमाडौं । हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी छिट्टै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी भएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्म प्राप्त जानकारी अनुसार जोशी सुरक्षित रहेको बताए ।

उनले भने, ‘जोशीको नाम मृत्युको सूचीमा छैन र इजरायलले पनि उनी जीवित रहेको बताएका छन् । त्यसैले हामी उनी चाँडै रिहा हुनेमा आशावादी छौँ ।’

परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग नियमित सम्पर्क राख्दै जोशीको अवस्था निगरानीमा राखिरहेको जनाएको छ ।

मन्त्रालयले इजरायल र हमासबीच भएको शान्ति सम्झौताप्रति स्वागत गर्दै, जनतालाई मानवीय सहायता सहज बनाउन र दिगो शान्तिको मार्ग निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । साथै, विपिन जोशीसहित सबै बन्धकहरूको तत्काल रिहाइको पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?