काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ । शनिबारका लागि तय गरिएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आइतबार बिहान ११ बजेका लागि सारिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघा–खोकीको समस्या देखिएपछि बैठक स्थगित गरिएको हो ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा व्यापक छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत पार्टीभित्र उठेका प्रश्नहरूको जवाफ खोज्ने र नयाँ ढङ्गले अघि बढ्ने निष्कर्ष निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया