राष्ट्रपतिसँग जेनजी प्रतिनिधिमण्डलको वार्ता सुरु

लोकपथ
994
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी प्रतिनिधिमण्डल शीतल निवास पुगेका छन्  । 

आजको वार्तामा राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू पनि उपस्थित छन् । जेनजीका तर्फबाट १७ जना सहभागी हुने तय भए पनि संख्या बढेर २० भन्दा बढी पुगेको बताइएको छ ।

बैठकमा जेनजीका तर्फबाट राखिएका माग र सरकारको दृष्टिकोणबारे विस्तृत छलफल हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?