डोटीमा हायस दुर्घटना : एक जनाको मृत्यु, २१ घाइते

लोकपथ
147
Shares

डोटी । सुदूरपश्चिम प्रदेशको डोटीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत गोल्डेन सडकखण्डमा सुपप्र०१–००१ ख ३९५६ नम्बरको हायस दुर्घटनाग्रस्त भएको हो । अछामबाट धनगढीतर्फ आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा अछामकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि धनगढीतर्फ ल्याइँदै गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन, तर प्रारम्भिक अनुसन्धानका क्रममा चालकको लापरबाही र सडकको मोडमा नियन्त्रण गुमाउनु सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?