शीतल निवासको सर्वदलीय बैठकमा को-को छन् सहभागी ? 

लोकपथ
2.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान भएको सर्वदलीय बैठक शीतलनिवासमा बैठक बसेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा बसेको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका शीर्ष नेताहरु सहभागि रहेका छन् ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन उपस्थित छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।

जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा.जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती पनि बैठकमा उपस्थित छन् ।

राष्ट्रपतिले आगामी निर्वाचनको वातावरण बनाउन र सहमति निर्माणका लागि सरकार तथा राजनीतिक दलहरूबिच सामूहिक छलफल थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?