नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार पनि बस्ने

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक शनिबार पनि बस्ने भएको छ । नेताहरूले बोल्ने क्रम नसकिएपछि बिहीबारदेखि सुरु भएको बैठकलाई शनिबार बिहान ११ बजे पुनः बोलाइएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कार्यसम्पादन समितिका सदस्यहरू पनि सहभागी छन् । बैठकमा देशको वर्तमान राजनीतिक स्थिति र त्यसमा कांग्रेसले कसरी भूमिका खेल्ने भन्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

बैठकको उद्देश्य आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि साझा धारणा तयार गर्नु रहेको छ ।

नेताहरूबिच पार्टीको महाधिवेशन निर्धारित समयमा गर्ने कि अघि सार्ने भन्ने विषयमा मतभेद देखिएको छ। सोही विषयमा निष्कर्षमा पुग्न बैठक निरन्तर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?