प्रचण्डको प्रश्न : ‘नेतालाई बचाउने सेनाले सिंहदरबार र सर्वोच्च किन बचाउन सकेन ?’

लोकपथ
1.2k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूलाई बचाउन सफल नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालतजस्ता राष्ट्रिय संस्थानहरू किन बचाउन सकेनन् ? भन्ने प्रश्न उठाएका छन् ।

शुक्रबार सम्पादकहरूसँगको संवादका क्रममा प्रचण्डले यस्तो प्रश्न गर्दै अहिलेको राजनीतिक र राष्ट्रिय संकटको पृष्ठभूमिबारे विस्तृत टिप्पणी गरे । 

उनले आफूहरू ‘सुरक्षा खोज्दै सेनासम्म पुगेको’ र त्यस क्रममा सेनाले ज्यान जोगाएको उल्लेख गर्दै भने, ‘हामीलाई सेनाले बँचायो, तर त्यही सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बचाउन सकेन ? यो प्रश्न गम्भीर छ ।’

उनले भने, ‘हामी सेक्युरिटी खोज्दै सेनाकोमा गएका थियौँ, सेना हामीलाई खोज्दै आएको होइन । त्यसपछि देशका लागि खेल्न सकिने भूमिकाको प्रयास गरियो ।’

प्रचण्डका अनुसार, देशमा भएको ठुलो क्षति र संकट भूराजनीतिक कारणले भएको हो ।

उनले भने, ‘नेपालमा जे ठुलो क्षति भयो, त्यो भू-राजनीतिक कारणले हो । नेपाल बाँचेको पनि भू-राजनीतिक कारणले हो ।

उनले २३ गतेको ‘जेनजी आन्दोलन’लाई आन्तरिकमुखी र २४ गतेको आन्दोलनलाई बाह्यमुखी भएको भन्दै जेनजी युवाहरूको योगदान प्रशंसायोग्य रहेको बताए ।

प्रचण्डले देश अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र संवैधानिक संस्थाहरूको सुरक्षाप्रति सबै दल र नेताहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?