काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद्को लागि प्रयोग हुँदै आएको भवनको भाडा सम्झौता रद्द गरिएको छ ।
गत भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भवनमा आगजनी र तोडफोड भएपछि प्रयोग गर्न अयोग्य बनेको कारण संसद् सचिवालयले सम्झौता रद्द गरेको हो ।
सचिवालयका अनुसार मुलुकी देवानी संहिता, २०७४ अनुसार सम्झौता रद्द गरिएको हो । यो निर्णय भदौको अन्तिम सातादेखि लागू भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया