ओली र लेखक पक्राउको विषयमा लागेको आरोपबारे बोल्यो प्रहरी

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुवेर खाँपुङले राजीनामाको चेतावनी दिएको भन्ने विषयमा स्पष्ट पारेको छ ।

केही दिन अघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे आफूले राजीनामा दिने चेतावनी दिएपछि वर्तमान सरकार पछि हटेको भन्दै समाचारहरु प्रकाशित भएका थिए । त्यसबारे विज्ञप्ति जारी गर्दै प्रहरी नायब प्रहरी महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले त्यसबारे स्पष्ट पारेका हुन् ।

घिमिरेले प्रहरी प्रमुख खापुङले कहीँ पनि आफूले त्यस किसिमको कुरा नराखेको स्पष्ट पारेका छन् ।

‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरुमा समसामयिक घटनाक्रमहरु वा सोबाट सृजित सुरक्षा चुनौतीहरुको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?