हुम्लाको चंखेलीमा जीप दुर्घटना : आमाछोरीसहित ३ जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा आमाछोरीसहित ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा भएको सो दुर्घटनामामा मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

आज बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?