काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले गम्भीर अप्ठेरो अवस्थामा रहेको बताएका छन् ।
काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले वर्तमान परिस्थितिमा राष्ट्रिय स्वतन्त्रतामाथि ठुलो हस्तक्षेप भएको बताएका हुन् ।
प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठुलो हस्तक्षेप पहिले कहिल्यै थिएन । यो राष्ट्रिय स्वतन्त्रताका लागि ठुलो चुनौती हो ।’
उनले थपे, ‘राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न सबै राजनीतिक दल र नागरिकले एकजुट हुन आवश्यक रहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया