काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारको अवसरमा फूलमाला विक्री वितरण व्यवस्थित गर्न ३२ वटा केन्द्र तोकेको छ ।
महानगरले स्थानीय नेपाली कृषकले उत्पादन गरेका फूलमालालाई मात्रै यी केन्द्रबाट विक्री गर्न अनुमति दिने जनाएको छ ।
महानगरपालिका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, यस कदमले विदेशी आयातित फूलमालालाई प्रतिस्थापन गर्दै स्थानीय किसान र उद्यमीलाई बजार उपलब्ध गराउने उद्देश्य राखिएको छ । उनले अवैध फूल विक्री भएमा महानगर प्रहरीलाई सूचना दिन सबैलाई अनुरोध गरे ।
विक्री वितरण केन्द्रहरुमा नयाँ बानेश्वर, शंखमुल, बत्तिस पुतली, तीनकुने, सिफल, चाबहिल, स्वयम्भू, कालीमाटी, कलंकी, नयाँ बजार, माछा पोखरी, हाँडिगाँउ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, चपलकारखाना, बालुवाटार, कामलादी, पुतली सडक, अनामनगर, टेवल मन्दिर, सुन्धर, वडा नं २८ र न्यूप्लाजा जस्ता ३२ स्थानहरूमा स्थापना गरिनेछ ।
पाण्डेले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गर्दै भने, ‘हाम्रो उत्पादन प्रयोग गरेर आत्मनिर्भर बन्नुपर्छ। अवैध रूपमा आयातित फूल भेटिएमा तुरुन्त जानकारी दिनुहोला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया