सरकारको खर्च कटौतीले करार शिक्षकलाई असर नपर्ने

लोकपथ
301
Shares

काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्दै अस्थायी तथा करार कर्मचारी नराख्ने निर्णय गरे पनि करार शिक्षकलाई यसबाट छुट दिइने भएको छ ।

अर्थ मन्त्रालयले जारी विज्ञप्तिमा अस्थायी र करार कर्मचारी नलिने उल्लेख गरे पनि शिक्षा मन्त्रालयले शिक्षकहरूमा यो नियम लागू नहुने स्पष्ट पारेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास इकाइलाई करार शिक्षक प्रभावित नहुने जानकारी परिपत्र गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?