मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

लोकपथ
63
Shares

सर्लाही । बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार, सोही वडाका २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा नुहाउन गएका बेला डुबेका हुन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ । प्रहरी घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?