काठमाडौं । सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले शुक्रबार बिहान भगवान् गाउँपालिका-२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएका ९ बोरा गाँजा बरामद गरिएको हो ।
बरामद गरिएको गाँजा सशस्त्र प्रहरी बेस क्याम्पमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया