रेकर्ड तोड्दै आएको सुनमा आज विश्राम, तोलामा ४२ सयले घट्यो

लोकपथ
1.6k
Shares

 काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको मूल्य २ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

बिहीबार सुन तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुन सस्तो भए पनि आजको चाँदीको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?