सीएनएनले सार्वजनिक गरेको सूचीमा जीवित र मृतक दुवै सूचीमा छैन विपिनको नाम, बढ्यो अन्योल

लोकपथ
2.6k
Shares

काठमाडौं । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेपनि उनको स्थिति हालसम्म पनि ‘अज्ञात’ देखिएको छ । सीएनएनले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उनको स्थिति ‘अज्ञात’ भनिएको छ ।

सीएनएनले पछिल्लो पटक ४६ जना बन्धकको सूची सार्वजनिक गरेको छ । जसमा २६ जनाको निधन भइसकेको र २० जना जीवित रहेको उल्लेख छ । विपिन र इजरायली नागरिक तामिर निम्रोदीलाई भने अज्ञातको सूचीमा राखिएको छ । सीएनएनले यो सूची इजरायली सरकारले उपलब्ध गराएको जानकारी दिएको छ । 

त्यसो त बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो । त्यो भिडिओ उनी अपहरण भएको केही समयपछि खिचिएको जनाइएको थियो । जसमा उनले आफू नेपालबाट कृषिको सिक्दै, कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन् । त्यो भिडिओ २ वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै अस्पष्ट देखिएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो ।

युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ । यद्यपि, यसमा कति समय लाग्न सक्छ भन्ने स्पष्ट छैन । 

इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ ।

२० जीवितको सूची

२६ मृत बन्धकको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?