काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन् । शुक्रबार बिहान ८ बजेपछि प्राप्त विवरण अनुसार यी सडकहरूमा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला सडक र मकालु गाउँपालिका–३ एकुवा सडक पूर्ण रूपमा बन्द छन् ।
त्यसैगरी, मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरूमा समेत सडक अवरुद्ध छन् भने तमोर करिडोर अन्तर्गत पाँचथरको तुम्वेवा गाउँपालिका–२ नावाखोला सडक पनि बन्द भएको जनाइएको छ ।
यससँगै बागमती प्रदेशमा पनि दुई सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक बन्द छ ।
त्यस्तै, बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तिखोला, डालाबेसी, बल्ढुंगा र बाँझोखेत क्षेत्रमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया