रास्वपाको सचिवालय बैठक आज, विस्तारित बैठक र सद्भाव यात्राबारे छलफल हुने

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ ।

रास्वपाका अनुसार आजको बैठकमा पार्टीको आगामी विस्तारित बैठकको एजेन्डा र तयारी, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूचीलगायतका विषयमा छलफल हुनेछ ।

असोज २२ गते बसेको बैठकको निरन्तरतामा आजको सचिवालय बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?