रोल्पामा २६ वर्षदेखि यस्तो भूमिकामा एमाले

रोल्पा, २२ कात्तिक- २०४८ को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए । त्यो बेला एमालेसँग चुनावी तालमेल थियो । तत्कालीन जनमोर्चा अर्थात् हालको माओवादी केन्द्रले २६ वर्षपछि वाम गठबन्धनका क्रममा फेरि पनि एकलौटी उम्मेदवार पाएको छ । एमाले फेरि पनि चुनाव जिताउने भूमिकामा मात्रै छ, एउटा पनि उम्मेदवार पाउन सकेको छैन । यो विषय वाम गठबन्धनलाई ‘भित्रैदेखि मिलाउन’ बाधक देखिएको छ, कान्तिपुरमा खबर छ वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ उम्मेदवार पाएको छ । जिल्ला नै खाली गर्ने गरी भएको सहमतिप्रति एमालेका नेता कार्यकर्ता असन्तुष्ट छन् । एमाले जिल्ला कमिटीको १९ औं पूर्ण बैठकमा यसबारे ठूलो चर्काचर्की भयो । बैठकको मूल विषय नै यही बन्यो । बहुमत जिल्ला सदस्यले एमाले सधंै अरूलाई जिताउने भूमिकामा मात्रै रहेकोमा दुखेसो पोखे । कतिपयले चुनावी प्रचार अभियानमा हिँड्न नसकिने गुनासो समेत गरे ‘जिल्ला कमिटी बैठकमा उम्मेदवार नपाएको विषयले प्राथिमकता पायो । अधिकांश सदस्यले जिल्ला शून्य गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्,’ जिल्ला सदस्य ठाकुरप्रसाद ओलीले भने, ‘नेताहरूमा चुनावी उत्साह देखिएको छैन । वाम गठबन्धनले एमालेलाई घाटा लागेको छ ।’हालसम्म एमालेले एक पटक पनि प्रत्यक्ष निर्वाचन जित्ने अवसर पाएको छैन । एक्लै चुनाव जित्न नसकिने र गठबन्धनका क्रममा कहिल्यै उम्मेदवार नपाउने समस्या एमालेमा छ । हालसम्म रोल्पा एमालेमा रीमा कुमारी नेपाली र गोकुल घर्ती मात्रै समानुपातिकबाट सभासद बन्न पाएका छन् । मन्त्रीसम्म बन्ने अवसर कसैले पाएको छैन   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?