काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र मन्त्री खरेल शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटवार्तामा पछिल्लो बाढीपहिरोबाट भएको क्षति, देशको राजनीतिक घटनाक्रम, र आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया