काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण छिटो सक्न निर्देशन दिएका छन् ।
बिहीबार उनले मैदानको स्थलगत निरीक्षण गर्दै आगामी मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अघि निर्माण कार्य पूरा गर्न निर्देशन दिएका हुन् ।
मन्त्री घिसिङका अनुसार प्यारापिट निर्माणको काम लगभग सकिएको छ र फ्लड लाइट जडान एक महिनाभित्र सम्पन्न हुनेछ।
उनले पहिलो चरणको काम मंसिरअघि सक्ने तयारी रहेको र दोस्रो तथा तेस्रो चरणका लागि टेन्डर प्रक्रिया सुरु गर्न लागिएको बताए ।
उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको भएकाले बजेटको अभाव हुन नदिने आश्वासन पनि दिए ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि दुई–तीन हप्ताभित्र टियु मैदान नयाँ रूपमा तयार हुने जानकारी दिए । उनका अनुसार एनपिएल मंसिर १ गतेदेखि सुरु हुने तयारी भइरहेको छ ।
२०८१ फागुनमा सम्झौता भएको यो परियोजनाको काम तोकिएको समयमा नसकिएपछि निर्माण कम्पनीलाई म्याद थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया