शहीद तथा घाइते परिवारको माग – ‘जेनजीहरुले अब छुट्टै राजनितिक दल खोल्नुपर्छ’

लोकपथ
350
Shares

काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले आन्दोलनका उपलब्धि जोगाउनका लागि अब ‘जेनजीहरूको आफ्नै राजनीतिक दल’ गठन गर्नुपर्ने बताएका छन् ।

आन्दोलन भएको एक महिना पुगेको अवसरमा बिहीबार  काठमाडौंको नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

भेलामा सहभागीहरूले जेन जेड, वाई र एक्स पुस्ताको सहकार्यमा चाँडै नयाँ राजनीतिक दल गठन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूको भनाइमा, राजनीतिक दल बनेपछि जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने र प्राप्त उपलब्धि सुरक्षित राख्न सहज हुने छ ।

उनीहरूले सरकारले तत्कालै शहीदहरूको सपना र घाइतेहरूको माग सम्बोधन गर्न, साथै भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरे ।

‘जेनजी समूह फरक-फरक धारमा बाँडिएको छ, अब सबै एकजुट भएर साझा राजनीतिक विकल्प निर्माण गर्नुपर्छ,’ भेलाका सहभागीहरूको भनाइ थियो ।

जेनजी आन्दोलनका उपलब्धि संरक्षण र भावी दिशा तय गर्ने उद्देश्यले उक्त राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गतेको आन्दोलनमा ठुलो जनधनको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?