काठमाडौं । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका-९, जिरोमाइल नजिक बिहीबार बिहान बसबाट खसेर सहचालकको मृत्यु भएको हो ।
विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट लहान नगरपालिका-१ निवासी २१ वर्षीय पवनकुमार यादव खसेर गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका यादवलाई लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मध्यान्ह १२ बजे उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया