काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् ।
बिहीबार हुलाक सेवा विभागले आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले स्थानीय तहदेखि विश्वव्यापी स्तरसम्म हुलाक सेवा पुर्याउनुपर्ने र यसको व्यावसायिकीकरण सरकारको प्राथमिकता रहेको बताए ।
मन्त्रालयकी सचिव राधिका अर्यालले सूचना प्रविधिको विकासका बाबजुद पनि हुलाक सेवा अझै महत्त्वपूर्ण रहेको र ‘स्मार्ट हुलाक’ बनाउनुपर्ने उल्लेख गरिन् ।
विभागका महानिर्देशक मनमाया भट्टराईले स्रोतसाधनको उचित व्यवस्थापन गरेर हुलाक सेवालाई नागरिकको घरदैलोमा पुर्याउने सरकारसँग आग्रह गरिन् । कार्यक्रममा मन्त्री खरेलले विशेष टिकटमा टाँचा लगाएका थिए भने उत्कृष्ट कर्मचारी र फिलाटेलिकलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया