काठमाडौं । स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् र ओसार–पसारमा संलग्न दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार राति चापाकोट नगरपालिका–७, बनकट्टा घाटबाट लु.४ त १८६४ र लु.४ त ९७२४ नम्बरका ट्र्याक्टरहरू नियन्त्रणमा लिइएका हुन् ।
ती ट्र्याक्टरहरूमा बालुवा लोड गरी ओसार-पसार भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चापाकोट र अस्थायी प्रहरी चौकी दामाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले ती ट्र्याक्टरहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि चापाकोट नगरपालिकाको कार्यालय, स्याङ्जा पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया