फेरि नेपाली जनता आन्दोलनको तुफान लिएर अघि बढ्ने बेला आएको छ : केपी शर्मा ओली

लोकपथ
609
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकहरुले पुनः आन्दोलनको तयारीमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

ओलीले वर्तमान सरकार संविधान बमोजिम नबनेको भन्दै आगामी दिनमा संविधान मासिन नदिने दाबी गरे ।

‘नेपाली जनता आन्दोलनको तुफान लिएर अघि बढ्ने बेला आएको छ,’ ओलीले भने ।

त्यस्तै सबै नागरिकहरु मिलेर संविधानको पक्ष र संसद विघटनको विपक्षमा आन्दोलन अघि बढाउन आह्वान समेत गरे । गत भदौ २४ गतेको हिंसाको लागि २३ गते आन्दोलन गरिएको समेत आरोप लगाए ।

ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटन गरेपछि मात्रै आफू प्रधानमन्त्री बन्ने सर्त राखेको भन्दै अहिले पनि कुनै राजनीतिक दलहरुसँग सम्वाद गर्न नचाहेको बताए । साथै जेनजी आन्दोलनका नाममा १ लाख मान्छे मात्रै सडकमा निस्किएको तर देशमा ३ करोड जनसंख्या रहेको बताउँदै सानो समूहले मात्रै आन्दोलन गरेको दाबी गरे । साथै आफूहरुलाई पक्राउ गरेर लोकतन्त्र मास्न खोजेको भन्दै ओलीले त्यसो हुन नदिने समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?