काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन् ।
बैंकले अन्तर्राष्ट्रिय यात्रामा निस्कने आफ्ना ग्राहकहरूले सहज र गुणस्तरीय सेवा पाउन सकून् भन्ने उद्देश्यले उक्त लाउन्जसँग सहकार्य गर्दै छुट सुविधा उपलब्ध गराएको हो ।
यस अन्तर्गत बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न सेवामा छुट पाउनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत छुट, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) २० प्रतिशत छुट, पेस्ट्री खरिदमा १५ प्रतिशत छुट, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत छुट तथा र्याडिसन फिटनेस सेन्टर (जिम) का खाद्य तथा पेय पदार्थमा २० प्रतिशत छुट रहने व्यवस्था गरिएको छ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधिभित्र मासिक रूपमा भुक्तानी गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया