माइतीघर–नयाँ बानेश्वरमा सुरक्षा कडा : पक्राउ पर्नेको संख्या १४ पुग्यो

लोकपथ
1.2k
Shares

काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न आएका १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा.निकोलस भुसाल, सञ्जीव दाहाल लगायतका व्यक्तिहरू छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको भए पनि उनीहरू माइतीघर पुगेका थिए । प्रहरीले अनुमति बिना प्रदर्शन गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले जनजीका विभिन्न समूह माइतीघरमा प्रदर्शन गर्न लागेको जानकारी पाएपछि सुरक्षा कडा पारेको छ । 

अहिले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?