काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवर्द्धन गर्ने मतियारको रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।
भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘आज समाज एक प्रकारले असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने स्थिति सृजना गरिएको छ । सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवर्द्धन गर्ने कामको मतियार बनेको देख्दा, यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने गम्भीर प्रश्न उठेको छ ।’
उनले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा र भयको वातावरणमा रहेको उल्लेख गर्दै मुलुकलाई विदेशी चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको आरोप पनि लगाए ।
महासचिव पोखरेलका यी अभिव्यक्तिले सरकारको वर्तमान सुरक्षा व्यवस्थाप्रति राजनीतिक तनाव र आलोचना थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया