काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।
असोज २४ गते शुक्रबार पार्टी सचिवालय बैठक आह्वान गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
भक्तपुरको गुण्डुमा आयोजना भएको नेकपा एमालेको बृहत भेलालाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका हुन् । साथै भोलिको बैठकमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुनेछ ।
त्यस्तै असोज २८,२९ र ३० गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया