माइतीघर मण्डलामा प्रदर्शन गएका निकोलस भुसालसहित तीन जना पक्राउ, सुरक्षा व्यवस्था कडा

लोकपथ
1.5k
Shares

काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसालसहित केही व्यक्ति पक्राउ परेका छन् ।

जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका एक जना एसपी साह रहेको बुझिएको छ ।

जेनजी आन्दोलन भएको एक महिना पूरा हुँदा पनि केही माग अझै सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो । सो क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । 

अहिले माइतीघर परिसरमा ठूलो संख्यामा प्रहरी  परिचालन गरिएको छ । त्यहाँ कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । साथै कसैलाई पनि हुल बाँधेर उभिनसमेत दिइएको छैन अहिले माइतीघरको अवस्था सामान्य छ ।

उता, सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको एउटा समूहले ‘एनटिइके–जेड’ टिमले आज गर्ने भनेको प्रदर्शन स्थगित भएको छ । सो समूहको प्रदर्शन स्थगित भए पनि सुरक्षा रणनीति कायम राखिएको प्रहरी अधिकृतहरू बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?